हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा

हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो।

अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो । परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो।

प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ। उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्।

“आज एमवी होन्डियस जहाजमा हान्टाभाइरसबाट प्रभावित अन्तिम व्यक्तिले क्वारेन्टाइन अवधि पूरा गरेपछि गरिएको परीक्षणमा भाइरस नभेटिएपछि उहाँलाई घर फर्काइएको छ,” डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले पत्रकार सम्मेलनमा भने । “मे २५ यता थप कुनै केस रिपोर्ट भएको छैन,” उनले भने ।

डच झण्डा भएको यो जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुआइबाट प्रस्थान गरेको थियो र जहाज दक्षिण अटलान्टिक महासागरका दुर्गम टापुहरू ट्रिस्टन दा कुन्हा लगायत हुँदै स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफ पुगेको थियो, जहाँ बाँकी यात्रुहरूलाई सुरक्षित निकालिएको थियो।

टेड्रोसका अनुसार ३३ देश तथा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले ६५० भन्दा बढी सम्पर्क व्यक्तिहरूको पहिचान गरी अनुसरण गरेका थिए। मुसाबाट फैलिने हान्टाभाइरस एक दुर्लभ भाइरस हो। यसको अहिलेसम्म कुनै खोप वा विशिष्ट उपचार उपलब्ध छैन।

होन्डियस प्रकोपको पछाडि रहेको एन्डिस प्रजाति नै हान्टाभाइरसको एकमात्र त्यस्तो स्ट्रेन हो जुन भाइरस मानिसबाट मानिसमा सर्न सक्छ । जहाज मे १८ मा नेदरल्यान्ड्सको रोटरडाम बन्दरगाहमा पुगेको थियो ।

Skip This
Skip This
Logo