हर्मुजमा फेरि तनाव: इरानविरुद्ध ‘भीषण’ हमला, धेरै जना घाइते भएको आशंका

हर्मुजमा फेरि तनाव: इरानविरुद्ध ‘भीषण’ हमला, धेरै जना घाइते भएको आशंका

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले बुधबार बिहान इरानविरुद्ध ‘भीषण’ हवाई हमला गरेको छ।

जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’

यसैबिच इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले आक्रमणलाई गत महिना अमेरिका-इरानबिच भएको शान्ति सम्झौताको उल्लंघन भनेका छन्। उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘यसविरुद्ध इरानले पनि निर्णायक कारबाही गर्नेछ।’

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले केसम टापु, बन्दर अब्बास र सिरिकमा आक्रमण गरेको हो।अमेरिकाले यसअघि नै चेतावनी दिएको थियो- ट्यांकरहरूमा आक्रमण भए इरानले परिणाम भोग्नेछ। मंगलबार राति जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेन्टकमले भनेको छ, ‘हाम्रो हमला इरानले गरेको आक्रमणको प्रतिक्रियामा हो।’

Logo