कङ्गोमा इबोलाको प्रकोप उच्च -डब्ल्यूएचओ

कङ्गोमा इबोलाको प्रकोप उच्च -डब्ल्यूएचओ

केन्द्रबिन्दु
3
Shares

किन्शासा (कङ्गो) । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप उच्च भएको चेतावनी दिदै दुई हजार १०० जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

जेनेभामा आयोजित पत्रकारहरुसँको साक्षातकारमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सक्रिय सशस्त्र द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रहरूमा उपचारको पहुँचमा बाधा पुगेको र प्रतिक्रिया अपरेसनको प्रभावकारितालाई सीमित पारेको बताएका छन् ।

निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरु भए ता पनि रोगको उच्च प्रकोपले नियन्त्रण प्रतिक्रिया तथा प्रयासहरूलाई पछाडि पार्दै गएको उहाँले चेतावनी दिए ।

नियन्त्रण तथा रोकथामको प्रयासको बावजुद, डीआरसीमा इबोला प्रकोपले इटुरी प्रान्तको उपचार केन्द्र र प्रकोपको केन्द्रबिन्दुमा यस हप्ताको सुरुमा उच्च दर कायम गरेको उनले प्रष्ट पारे ।

डीआरसी स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदनका अनुसार देशमा सङ्क्रमणका कारण ८२८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या दुई हजार १२४ जना पुगेको छ ।

अधिकारीहरुका अनुसार बुन्डिबुग्यो इबोला भाइरसको प्रकोप हाल सम्म इटुरी, उत्तरी किवु, दक्षिण किवु, हाट–उले र सोपा गरी पाँच वटा प्रान्तहरूमा फैलिएको जनाइएको छ । पुष्टि भएका सङ्क्रमणहरू मध्ये लगभग ९० प्रतिशत इटुरी प्रान्तमा भएको जनाइएको छ । महागीको सीमा स्वास्थ्य क्षेत्रमा सङ्क्रमण पुष्टि भएकाले छिमेकी युगान्डामा सम्भावित सीमापार सङ्क्रमण बारे चिन्ता बढाएको जनाइएको छ ।

टेड्रोसले कङगो सरकारले मे –१५ मा आधिकारिक रूपमा महामारी घोषणा गरेको दुई महिना पुरा भइसकेको बताए । त्यस अवधिमा, प्रकोप उत्तरपूर्वी कङ्गोको क्षेत्रबाट तेस्रो–सबै भन्दा ठुलो इबोला प्रकोप विस्तार भएको जनाइएको छ ।

Logo