वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको रणनीतिक स्ट्रेट पुनः खोल्ने उद्देश्यले १० दिनको युद्धविराम प्रस्तावलाई समर्थन गर्ने वा इजरायलको साथमा ठूलो सैन्य अभियानलाई समर्थन गर्ने दुई सम्भावित कार्यको योजना अघि बढाएका छन्।
अमेरिकी समाचार पोर्टल एक्सियोसका अनुसार, ट्रम्पले अझै अन्तिम निर्णय लिइसकेको अवस्था छैन भने अधिकारीहरूले आगामी दिनमा वासिङ्टनले कूटनीति वा थप सैन्य वृद्धि पछ्याउँन सक्ने सुझाव दिएको छ।
एक्सियोसले रिपोर्ट गरेअनुसार कतार, इजिप्ट, पाकिस्तान र अन्य क्षेत्रीय मध्यस्तकर्ता वा सहयोगीहरुले संयुक्त राज्य अमेरिका र इरान बीच दश दिनको युद्ध–विरामको प्रस्ताव राखेका छन् ।
उक्त प्रस्तावमा शत्रुता अस्थायीरूपमा रोक्नु, स्ट्रेट अफ होर्मुज हुँदै ढुवानी मार्गहरू पुनः खोल्नु र समुद्री पारवहनलाई नियन्त्रण गर्ने दीर्घकालीन व्यवस्थापनका लागि वार्ता गर्न कूटनीतिक प्रयास गर्ने विषय समावेश गरिएको छ ।
क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । यद्यपि अमेरिकाले थप लडाकू विमान र हवाई इन्धन साधन तैनाथ गरेर यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ भने इजरायलले कूटनीति असफल भएमा व्यापक सैन्य अभियानको सम्भावनाका लागि तयारी गरिरहेको बताइएको छ ।
वासिङ्टन र तेहरानले अहिलेसम्म युद्धविराम प्रस्ताव स्वीकार नगरी दुवै पक्षले आफ्नो वार्ताको स्थिति बलियो बनाउन खोज्दा खोज्दै पनि सैन्य कारबाही जारी राखेको एक्सियोसले रिपोर्ट गरेको छ ।
प्रस्तावित सम्झौताले १० दिने युद्धविरामको समयमा स्ट्रेट अफ होर्मुज हुँदै दुवै ढुवानी मार्ग पुनः खोल्ने र संयुक्त राज्य अमेरिका र इरानले दीर्घकालीन सम्झौताको लागि वार्ता गर्ने जनाइएको छ ।
एक्सियोसले यो प्रस्तावमा इरान र ओमानलाई ढुवानी–सम्बन्धित सेवाहरूका लागि ‘उचित सेवा शुल्क’ सङ्कलन गर्न अनुमति दिने वा अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) को सहभागितामा संयुक्त कोष सिर्जना गर्ने लगायतका भविष्यका समुद्री सुरक्षा व्यवस्थाहरूका लागि विकल्प समावेश भएको पनि रिपोर्ट गरेको छ ।
जोर्डनमा इरानी क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सेनाका सदस्य मृत्य भए पछि युद्धविरामका प्रयास सुस्त भएको एक्सियोसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले इरानलाई समझदारी ज्ञापनपत्र उल्लङ्घन गरेको र होर्मुजको जलमार्गमा जारी आतङ्कवादी गतिविधिको भुक्तान गर्नमा ध्यान केन्द्रित गरेको एक वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै एक्सियोसले बताएको छ । अमेरिकी सैनिकहरूको हत्या गरेकोमा इरानलाई पनि जवाफ दिनु पर्ने बताउदै राष्ट्रपति ट्रम्पले अन्य निर्णय नगरे सम्म विनाशकारी आक्रमण जारी रहने बताएको अधिकारीले बताएका छन् ।































