फ्लोरिडा, २४ भदौ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने चेतावनी यहाँका गभर्नरले नागरिकलाई बताएका छन् ।
फ्लोरिडाका गभर्नर रिक स्कटले शुक्रबार राज्यका सम्पूर्ण दुई करोड जनतालाई आँधीबारे सचेत बनाउँदै भने, “इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकोले घरहरू खाली गर्न तयार बन्नुहोस ।”
उनले थपे, “ घर तथा वस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ । यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईँको घर बनाइदिन सक्छौँ तर तपाईँको पुनर्जीवन दिन सक्दैनौ । त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार बन्नुस ।”
फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट शुरु भएको आँधीका कारण फ्रान्स लगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ । रासस/एएफ्पी





























प्रतिक्रिया