अफगानिस्तानको राजधानी काबुलमा छुट्टाछुट्टै इलाकामा भएको दुई वटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।
स्थानीय जिल्लाको खिरखाना प्रहरीचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।
शनिबार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी छ जना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताएका छन् । यस आक्रमणहरुको कुृनै पनि समूहले जिम्मा भने लिएको छैन् । रासस
प्रतिक्रिया