कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् ।
कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।
पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको पाएपछि हत्या गरेको जनाएको प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले दुबैको परिचय खुलाएको छैन ।































प्रतिक्रिया