मङ्गल ग्रहः यूएईको अन्तरिक्षयान होपले पठायो पहिलो तस्बिर

मङ्गल ग्रहः यूएईको अन्तरिक्षयान होपले पठायो पहिलो तस्बिर

केन्द्रबिन्दु
0
Shares

यूएईले होप मिशनले मङ्गल ग्रहबाट पहिलो तस्बिर पठाएको छ। यूएईलाई पृथ्वीको सबैभन्दा नजिक रहेको ग्रहमा कुनै पनि प्रकारको वैज्ञानिक उपस्थिति रहेको पहिलो खाडी मुलुक बनाउँदै सो अन्तरिक्षयान मङ्गलवार सो ग्रहको कक्षमा प्रवेश गरेको थियो।

सो यानले मङ्गलग्रहका अन्य थुप्रै यस्ता तस्बिरहरू पृथ्वीमा पठाउने बताइएको छ।

होप यानलाई मङ्गलग्रहको मौसम अध्ययन गर्न बाहिरी कक्षमा राखिएको छ, जसले गर्दा त्यहाँबाट खिचिएका तस्बिरहरू पूरै ग्रहका हुनेछन् । यस्तै तस्बिरहरू पृथ्वीका दूरबिनहरूले पनि खिच्न सक्छन् तर मङ्गलग्रहको कक्षमा राखिएका अन्य भूउपग्रहहरू नजिकै राखिने भएकाले त्यहाँबाट यस्तो तस्बिर आएका थिएनन्।

Skip This
Skip This
Logo