भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभिड १९ विरूद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभिड १९ विरूद्धको खोप

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरूद्धको खोप लगाएका छन्। उनले दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान खोपको पहिलो डोज लगाएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले खोप लगाएको मोदीले जानकारी दिएका छन् । उनले खोप लगाउन सबैलाई आग्रह पनि गरेका छन्।  

भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन शुरू गरिएको छ।

 

Skip This
Skip This
Logo