अमेरिकामा अन्धाधुन्ध गोली चल्दा आठ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा आठ जनाको मृत्यु


अमेरिकामा गोलाबारी हुँदा आठ जनाको मृत्यु भएको छ । अमेरिका एटलान्टा शहरको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल (स्पा) मा गोलाबारी हुँदा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको  बताइएको छ ।

उक्त घटना एटलान्टाको महानगरिय क्षेत्रमा भएको जनाइएको छ । दुई घटना उत्तरपूर्वी एटलान्टा र चेरोकी काउन्टीको उत्तरपश्चिममा भएको एटलान्टा प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

चेरोकी काउन्टीमा भएको घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय रोबर्ट आरोन लंगलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई क्रिस्प काउन्टीमा राखिएको छ । जुन एटलान्टा भन्दा १५० माइल टाढा दक्षिणमा पर्दछ ।

चेरोकी काउन्टीका शेरिफका अनुसार सहायकहरुलाई जर्जियाको एकवर्थ नजिक रहेको योङ्ग एसियन मालिश केन्द्रमा गोलीवारी चलेको खबर गरिएको बताए । सहायक प्रहरी त्यहाँ पुग्दा ५ जना घाइते अस्वस्थामा पाइएका थिए । त्यही २ जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अस्पतालमा दईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Logo