आज राति अत्याधिक उल्का वर्षा हुनेदेखि देशभर क्लिन फिड लागु हुँदैसम्म (भिडियोसहित)

आज राति अत्याधिक उल्का वर्षा हुनेदेखि देशभर क्लिन फिड लागु हुँदैसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ ।

त्यस्तै चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरिको छ । अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन् ।

सरकारले दशैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बडा दशैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएकाले सिडिओ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको हो ।

त्यस्तैगरी राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा संक्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाहरुको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिन फिड लागु हुने भएको छ । यो सँगै नेपालमा इन्टरनेटमा आधारित (ओटीटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकार समक्ष माग समेत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई आज नेपाल केवल टेलिभिजन व्यवसायी महासंघकातर्फबाट ज्ञापनपत्र बुझाउँदै क्लिन फिड लागु गर्न सरकारले गरेको प्रभावकारी पहललाई धन्यवाद दिई इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई समेत नियमन गर्न आग्रह गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo