‘खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै’ : प्रधानमन्त्री मोदी

‘खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै’ : प्रधानमन्त्री मोदी

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिए। लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ ।

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सधैं लोभिएको छ ।”

“हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले भने ।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताए।

उनले भने, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे। “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने ।रासस

Skip This
Skip This
Logo