अफगानिस्तानमा सैनिक कारबाहीमा ६ लडाकू मारिए

अफगानिस्तानमा सैनिक कारबाहीमा ६ लडाकू मारिए

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा बम बनाउने कार्यमा संलग्न ६ जना विद्रोही सेनाको कारबाहीमा मारिएका छन्। 

सैनिक अधिकारीहरुका अनुसार पूर्वी नान्घरहर राज्यमा शनिबार राति गरिएको कारबाहीमा एक लडाकू मारिएका थिए । उनी इस्लामिक स्टेट समूहका लडाकू पनि रहेका थिए। 

अफगानिस्तानमा सक्रिय विद्रोहीहरुले घरेलु बारुदी सुरुङ (आइइडी) निर्माण गरी सुरक्षा फौजलाई लक्षित गर्ने गरेका छन्। यी हतियारको जथाभावी प्रयोगले सर्वसाधारणको पनि ज्यान जाने गरेको छ।

यस्तै, दक्षिण हेल्मन्ड प्रान्तमा तालिबान समूहमा आबद्ध पाँच जना लडाकू माएिका छन्। नवा जिल्लामा तालिबान समूहलाई लक्षित गरी भएको आक्रमणमा ठूलो परिमाणमा हातहतियार र सवारी साधन सेनाले ध्वस्त बनाएको छ। 

तर उक्त सैन्य कारबाहीका बारेमा दुबै लडाकू समूहले कुनै प्रतिक्रिया जनाएका छैनन्।रासस

Skip This
Skip This
Logo