म्यान्मार कूः नरसंहारकाे विश्वभरिबाट विराेध भइरहँदा सैनिक नेतृत्व भने विलासी भोजमा सरिक

म्यान्मार कूः नरसंहारकाे विश्वभरिबाट विराेध भइरहँदा सैनिक नेतृत्व भने विलासी भोजमा सरिक

केन्द्रबिन्दु
0
Shares

म्यान्मारमा कूविरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ, १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन्।

संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूले "आतङ्कको शासन" गरेको आरोप लगाएको छ। शनिवार, म्यान्मारमा भएको सैन्य कू यताकै, सबैभन्दा हिंसात्मक दिन बनेको छ।

कू नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए।

आइतवार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जली कार्यक्रममा सेनाले हस्तक्षेप गरेका विवरण आएका छन्। गत फेब्रुअरी १ तारिखयता भएका विरोध प्रदर्शनका क्रममा चार सयभन्दा बढी व्यक्ति मारिएका छन्।

आमनिर्वाचनमा नेत्री आङ्ग सान सूकीको नेशनल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ?

यूकेसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका छन्। संयुक्त राज्य अमेरिका, जापान र अस्ट्रेलिया पनि वक्तव्यमा हस्ताक्षर गर्ने सूचीमा छन्।

वक्तव्यमा भनिएको छः "व्यवसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्छ र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्‍याउन नभई सुरक्षा दिन जिम्मेवार हुन्छ।" शनिवार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए।

व्यापारिक केन्द्रको रूपमा रहेको याङ्गुनमा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो। अमेरिकाले हत्याका खबरबाट आफू "स्तब्ध" भएको प्रतिक्रिया दिएको छ।

"सेनाले केहीको सेवा गर्न थुप्रैको ज्यान लिइरहेको" अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले हिंसाका खबरबाट "पूरै स्तब्ध" भएको बताएका छन् भने ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यहाँको अवस्था "न्यून बिन्दु" मा पुगेको प्रतिक्रिया दिएका छन्।बीबीसीबाट

Logo