कोरोना एन्टीबडी लिएर जन्मिए संसारकै पहिलो बच्चा!

कोरोना एन्टीबडी लिएर जन्मिए संसारकै पहिलो बच्चा!

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसले संसार आक्रान्त भइरहेका बेला जन्मिदै एन्टीबडी बोकेर संसारकै पहिलो बच्चा जन्मिएको छ। उनलाई जन्माउने आमालाई गर्भावस्थामा कोरोना भ्याक्सिनको पहिलो डोज दिइएको थियो। तर, यी बच्चीमा यो एन्टीबडीले कोरोना भाइरसका विरुद्ध कसरी काम गर्छ त्यो भने शोधकै विषय छ।

उनको आमालाई उनी ३६ हप्ताको भएको बेला कोरोना भाइरस विरुद्ध मोर्डना भ्याक्सिनको पहिलो खोप दिइएको थियो। उनी र उनले जन्माएको नवजात शिशु पनि स्वस्थ रहेको बताइएको छ । बच्ची जन्मने बित्तिकै गरिएको परीक्षणमा उनको रगतमा कोरोना भाइरसविरुद्धको एन्टीबडी रहेको पाइएको थियो।

अमेरिकाको फ्लोरिडा एटलान्टिक युनिभर्सिटीको शोधमा संलग्न दुईजना बाल चिकित्सा विशेषज्ञ डाक्टर पउल गिलबर्ट तथा चाड रुडनिकका अनुसार कोरोना भाइरसको खोप लगाएको आमाबाट स्थानान्तरण भएर बच्चामा आएको यो पहिलो एन्टीबडीको उदाहरण हो। बच्चालाई आमाले अहिले विशेष रुपले स्तनपान गराइरहेकी छन्। साथै उनलाई २८ दिनभित्र दिइने कोरोनाको दोस्रो खोप पनि लगाइसकिएको छ।

यसभन्दा अघिको शोधमा कोरोनामुक्त आमाको पेटमा रहेको भ्रुणमा गर्भनालको माध्यमबाट एण्टीबडी पुग्ने सम्भावनालाई निकै गाह्रो मानिएको थियो। तर, यस प्रकरणले  भने खोपका माध्यमबाट बच्चामा एण्टीबडी तयार हुन सक्ने देखिएको छ। यस  विषयमा थप शोध भने हुन बाँकी नै छ।

Logo