चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक ठक्कर एकापसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन्। उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ। तिब्रगतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ। प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस साङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो। चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन्।रासस































प्रतिक्रिया