भारतमा एकै दिन थप २ लाख बढी व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन थप २ लाख बढी व्यक्तिमा कोरोना सङ्क्रमण


भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

भारतमा कोरोना भाइरस सङ्क्रमणको महामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी सङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ। यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको थियो। कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७३ हजार नाघेको छ। 

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्। यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो। सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरुले खोप लगाइसकेका छन्।रासस

Logo