संसारको सबैभन्दा विषालु च्याउ, जसलाई छुँदा मात्र पनि शरीरका अंगहरूले काम गर्दैनन्

संसारको सबैभन्दा विषालु च्याउ, जसलाई छुँदा मात्र पनि शरीरका अंगहरूले काम गर्दैनन्

केन्द्रबिन्दु
0
Shares

च्याउ हाम्रो शरीरको लागि अत्यन्तै फाइदाजनक छ। च्याउमा अनेक प्रकारका पौष्टिक तत्व हुन्छन्, जसले हाम्रो शरीरलाई न्युट्रिशन दिने काम गर्छन्। यसमा कैयौं महत्वपूर्ण खनिज तथा भिटामिन पनि हुन्छन्। साथै यो फाइबरको पनि राम्रो स्रोत मानिन्छ।

यति हुँदा हुँदै पनि सबै च्याउ खान योग्य मानिंदैन। कुनै कुनै च्याउहरु विषालु समेत मानिन्छन्। जसलाई  खान त परै जाओस् छुँदा मात्र पनि मानिस बिरामी हुने गर्छन्।

यदि तपाईं च्याउ खानको  शाैखिन हुनुहुन्छ भने सावधान ! केही यस्ता च्याउहरु पनि हुन्छन् जो एकदमै विषालु हुने गर्छन्। वैज्ञानिकले यस्तै एकप्रकारको च्याउ पत्ता लगाएका छन् जसको नाम पाइजन फायर कोरल (poison fire coral) हो।

अष्ट्रेलियाको क्विन्सल्याण्ड, जापान तथा कोरियामा पाइने यो च्याउ अत्यन्त खतरनाक तथा विषालु हुने गर्छ। रातो रंगको यो च्याउ खान त परै जाओस छुँदा मात्र पनि बिरामी परिन्छ।

यो विषालु च्याउ सबैभन्दा पहिले चीनमा सन् १८९५ मा खोजी गरिएको थियो। यसको वैज्ञानिक नाम पोडोस्ट्रोमा कार्नु डामा (Podostroma cornu-damae ) हो। रिर्पोटका अनुसार यसलाई इण्डोनेशिया तथा पपुवान्युगिनीमा पनि देखिएको थियो।

वैज्ञानिकका अनुसार यो च्याउ यति विषालु हुन्छ कि यसलाई खाँदा अंग नै काम नलाग्ने हुन्छ भने दिमागलाई पनि असर पुर्याउने काम गर्छ। यति मात्र नभएर यो च्याउ छुँदा मात्र पनि शरीर सुन्निने हुन्छ।

यसको विष छालाको माध्यमबाट पूरा शरीरमा फैलने गर्छ। यसलाई कैयौं स्थानमा कुकुरमुत्ताको नामले पनि चिनिन्छ। यो एक प्रकारको ढुसी हो जो वर्षाको समयमा सडेगलेको कार्बनमाथि उम्रिने गर्छ।

Skip This
Skip This
Logo