इन्जेन्युटी हेलिकोप्टरले मंगल ग्रहमा गर्यो पहिलो उडान

इन्जेन्युटी हेलिकोप्टरले मंगल ग्रहमा गर्यो पहिलो उडान

केन्द्रबिन्दु
0
Shares

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को परसेवेरेन्स रोभरका साथ मंगल ग्रहमा पुगेको इन्जेन्युटि हेलिकोप्टरले मंगलको आकाशमा उडान भरेर इतिहास रचेको छ।

करिब छ वर्ष लगाएर तयार गरिएको इन्जेन्युटिको उडानलाई लिएर संसारभर चासो रहेको थियो । नासाको विभिन्न च्यानलका माध्यमबाट यो उडानको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।

मंगल ग्रहको चट्टान युक्त जमिनमा बनेको अस्थायी हेलिप्याडबाट इन्जेन्युटिले उडान भरेको थियो । अर्को ग्रहमा हेलिकोप्टरले उडान गरेको यो पहिलो घटना हो। यस अभियानलाई नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याबले कन्ट्रोल गरेको थियो।

इन्जेन्युटिले आफ्नो पूरा उडान स्वतन्त्र रुपले गरेको थियो। करिब १.८ किलोग्राम यस रोटरक्राफ्टले चारवटा कार्बन फाइबरयुक्त ब्लेडको सहायताले उडान भरेको थियो। जसको ब्लेड २५  सय राउण्ड प्रतिमिनेटको दरले घुम्न सक्छ। यो पृथ्वीमा हुने हेलिकोप्टरको ब्लेडको भन्दा आठ गुना ज्यादा घुम्ने क्षमता हो। किनकि मंगलको वातावरण पृथ्वीभन्दा सय गुणा पातलो छ।

 इन्जेन्युटि आफ्नो रोटरको सहायताले दश फिट माथिसम्म उडेको थियो । अनि विस्तारै विस्तारै तल ओर्लिएको थियो। अब इन्जेन्युटिले तीस दिनभित्र अरु चारवटा उडान गर्नेछ । हरेक उडान पहिलेको दाँजोमा धेरै उचाइ तथा दूरीको हुनेछ । जसले गर्दा हेलिकोप्टरले उच्च स्कोर पाउन सकोस्।

Logo