आगामी पचास वर्षमा न्यूजिल्याण्डमा विनाशकारी महाभूकम्प आउने: अध्ययन

आगामी पचास वर्षमा न्यूजिल्याण्डमा विनाशकारी महाभूकम्प आउने: अध्ययन

केन्द्रबिन्दु
0
Shares

नयाँ एक अध्ययनले भूकम्प गइरहने न्युजिल्याण्डमा आगामी पचास वर्षमा  विनाशकारी महाभूकम्प आउने जनाएको छ। वेलिंगटनको भिक्टोरिया युनिभर्सिटीका अनुसार आगामी पचास वर्षमा दक्षिण आइसल्याण्ड फल्टका कारण ८ रेक्टरको महाभूकम्प आउन सक्नेछ।

अस्ट्रेलियन तथा प्यासिफिक टेक्टोनिक प्लेटको जोडमा दक्षिण आइसल्याण्डसँग जोडिएको अल्पाइन फल्ट रहेको छ। युनिभर्सिटीका सिनियर लेक्चरर जेमी होवार्थले अल्पाइन फल्टको पछिल्लो २० भूकम्पको अध्ययन गरेका छन्। उनका अनुसार आगामी समयमा शक्तिशाली भूकम्प आउन सक्नेछ जो अनुमान गरेभन्दा निकै ठूलो हुनेछ।

उनका अनुसार पछिल्लो भूकम्पको रेकर्डका आधारमा आगामी पचास वर्षमा ७ अथवा त्यो भन्दा अधिक तिव्रताको भूकम्प आउने  सम्भावना रहेको छ। यसको तुलना १७१७ मा गएको भूकम्पसँग गर्न सकिनेछ जुन ८.१ रेक्टरको थियो। जसबाट अल्पाइन फल्टमा ३८० किलोमिटर धाँजा फाटेको थियो।

Skip This
Skip This
Logo