कोरोना महामारीको दोस्रो लहरले फेरि एकपटक विश्व अक्रान्त बनेको छ। सबैभन्दा बढी प्रभावित यतिबेला छिमेकी देश भारतमा बनेको छ।
आफ्नो २९ वर्षीय छोराको शव गोडानजिकै राखेकी एक आमाको एउटा हृदयविदारक तस्बिर भारतमा भाइरल भएको छ।
उत्तर प्रदेशमा पर्ने वनारसी शहरको एउटा व्यस्त सडकमा छोरा विनीत सिंहको शवसँग चन्द्रकला सिंह थकित र भावविहीन अवस्थामा देखिन्छिन्।
बढ्दो महामारी र भताभुङ्ग हुने सँघारमा रहेको स्वास्थ्य प्रणालीको चेपुवामा परेका भारतीयहरूको आर्तनादको यो एउटा प्रतिनिधि तस्बिर हो।
कोभिड-१९ महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतका नराम्ररी प्रभावित राज्यमध्ये उत्तर प्रदेश एक हो। महामारीको सामना गर्न सङ्घर्षरत वनारसी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।
यस्त दर्दनाक तस्वीर हामीले एजेन्सीकाे सहयोगमा समेटेका छौँ

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)































प्रतिक्रिया