सौर्यमण्डलको अर्कै चन्द्रमामा जीवन पाइने सम्भावना

सौर्यमण्डलको अर्कै चन्द्रमामा जीवन पाइने सम्भावना

केन्द्रबिन्दु
0
Shares

संसारका वैज्ञानिक मंगल ग्रहमा जीवनको खोजीमा लागेका छन्। नासाको परसिवरेन्स रोभर जेजेरो क्रेटरमा प्राचीन जीवनको तलाश अभियानमा खटिएको छ।

त्यहीं हाम्रो सौर्यमण्डलको एउटा यस्तो ठाउँ छ जहाँ मंगल भन्दा पनि जीवन भेटिने सम्भावना अत्यधिक प्रबल छ। सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिसँग ७९ चन्द्रमा छन्। जसमध्ये यूरोपा नाम गरेको चन्द्रमामा पानी हुन सक्ने अनुमान गरिएको छ।

वैज्ञानिकका बीचमा सबैभन्दा चर्चा युरोपाको हुने गरेको छ। यसको कारण भने  युरोपाको सतहमा हिउँको रुपमा पानी रहेको सम्भावना प्रबल रहेको छ। यस  कुराको अनेकाैं स्पष्ट प्रमाण  भेटिएका छन्।

सन् १९७९ मा दुई वटा अन्तरिक्ष यान भायजर एक र दुई  बृहस्पतिको नजिक भएर गएका  थिए। उक्त समय पहिलो पटक युरोपा नामक चन्द्रमामा पानी तरलरुपमा हुन सक्ने प्रमाण प्राप्त भएको थियो।

त्यसपछि ग्यालिलियो अन्तरिक्ष यान तथा अन्तरिक्ष टेलेस्कोपको सहायताले गरिएको जाँचमा वैज्ञानिकले त्यहाँ समुद्र रहेको संकेत पाएका थिए। वैज्ञानिकका अनुसार युरोपामा १५ देखि २५ किमी बाक्लो बरफको मुनि ६० देखि १५० किमी गहिरो समुद्र रहेको छ। युरोपाको समुद्रलाई लिएर पृथ्वी बाहेक  यदि अन्त कतै जीवनको सम्भावना हुनसक्छ भने त्यो युरोपामा नै हुनसक्छ भन्ने बलियो आधार रहेको छ।

कुनै पनि ग्रहमा जीवनको सुरुवात हुनका लागि तीन चिज जरुरी देखिन्छ। तरल पानी, जरुरी रसायन, तथा एक इनर्जी सोर्स। खगोलविदका अनुसार युरोपामा प्रचुर मात्रामा पानी रहेको छ। साथै प्रचुर मात्रामा पानी तथा अन्य सही रासायनिक तत्वसमेत रहेका  छन्। तर, युरोपामा इनर्जी सोर्सको पुष्टि गर्न भने मुश्किल पर्छ।

पृथ्वीमा ज्वालामुखीको नजिक, गहिरो समुद्र तथा अन्य खतरनाक वातावरणमा पनि जीवन हुर्किएको देखिन्छ। यस्तोमा वैज्ञानिकलाई के लाग्छ भने यदि पृथ्वीमा यो सम्भव छ भने यूरोपाको हिउँको सतह मुनि पनि जीवन हुर्किरहेको हुनसक्छ। यूरोपामा जीवनको संकेत प्राप्त भएपनि यो ज्यादै सुक्ष्म अथवा अत्यन्त जटिल किसिमको  संरचनाका रुपमा भेटिन सक्छ।

Skip This
Skip This
Logo