वर्षको पहिलो सुपरमूनः चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक

वर्षको पहिलो सुपरमूनः चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक

केन्द्रबिन्दु
0
Shares

पृथ्वीमा चारैतिर कोरोना संक्रमणले  हाहाकार तथा महामारी फैलाई रहेको छ। मानिसको सौन्दर्यबोध कुन्ठित-लुन्ठित भएको यथार्थ अति कटु उपस्थित भएपनि आकाशमा यसो हेर्यो भने त्यसले केही सान्त्वना दिन्छ, आनन्द दिन्छ। हाल चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको अवस्था हो। त्यसैले सुपरमूनको यो आनन्द संसारले उठाइरहेको छ। यसलाई सुपरमून भन्ने चलन छ।

यस दौरान चन्द्रमा पृथ्वीको  सबैभन्दा नजिक हुन्छ। यसैले  अन्य पूर्णिमाको भन्दा  चन्द्रमा ठूलो देखिन्छ। पृथ्वीबाट हेर्दा लाग्छ चन्द्रमा निकै नजिकै छ।

सन् १९३० मा मेन फार्मर अलमेनकले अमेरिकन इण्डियन मून नेम छाप्न सुरु गरेका थिए। यस अनुसार अप्रिलको फुलमूनलाई  पिंक मून मानिन्छ। एउटा विरुवाको नामबाट यसलाई यसो भनिएको हो। जुन अमेरिकामा पाइन्छ।

पिंक मूनका अलावा यसलाई स्प्राउटिङ ग्रास मून, एग मून, फिश मून जस्ता कैयौं नाम दिइएको छ । हिन्दुहरु भने यसलाई हनुमान जयन्तीको अवसरमा मनाउने गर्छन्। बौद्ध धर्ममा भने यसलाई बाक पोया भनिन्छ जुन बेला बुद्ध श्रीलंका पुगेर युद्धको सम्भावना टारेका थिए। सुपरमून भन्ने नाम सन् १९७९ मा रिचर्ड नोलले राखेका थिए। यस वर्ष दुईवटा सुपरमून देखिनेछ। अर्को सूपरमून २६ मेमा देखिनेछ। यस दिन चन्द्रमा अप्रिलमा देखिएको भन्दा अझ नजिक देखिनेछ।

Logo