पग्लिंदैछ हरेक वर्ष २६७ अर्ब टन हिउँ !

पग्लिंदैछ हरेक वर्ष २६७ अर्ब टन हिउँ !


विगत  २१ वर्षदेखि पृथ्वीको हिउँ यसरी पग्लिंदै गइरहेको छ कि यसले समुद्रको स्तरमा खतरा आउन सक्ने संकेत देखाएको छ। एक अध्ययनमा सन् २००० पछि हरेक वर्ष २६७ अर्ब  टन हिउँ पग्लिंदै गायब हुँदै गइरहेको बताइएको छ।

यस विषयमा भएको अध्ययनको रिपोर्ट अनुसार विश्वको समुद्र स्तरमा हुने वृद्धिको २१ प्रतिशत  कारण यही नै रहेको छ। फ्रान्सका शोधकर्ताले २ लाखवटा  ग्लेसियरको 'हाइ रेज्युलेशन म्याप'को विश्लेषण गर्दा यो दुई दशकमा स्थिति कसरी बदलियो भन्ने थाहा हुन आएको छ। विश्लेषणमा आशंका गरिएको छ कि  प्रत्येक वर्ष ग्लेशियर 'मास' (द्रव्यमान) ४८ अर्ब टनले घट्दै गइरहेको छ।

अध्ययनमा बताइएको छ कि कैयौं क्षेत्रमा आएको बदलावको प्याटर्न हेर्दा यसका लागि बेग्लाबेग्लै ट्रेन्ड जिम्मेदार रहेको देखिन्छ। यसबाट  दशकौं  समयावधीको वर्षा तथा तापमानका  बारेमा पत्ता लागेको छ। युनिभर्सिटी अफ टुलुजको टिमले संसारका  झण्डै २.१७ लाख ग्लेसियरको 'हाइ रेज्युलेशन म्याप' अध्ययन गरेको छ। यसमा सेटेलाइट तथा एरियल तस्वीर पनि रहेका थिए जसले यहाँ आएको बदलाव पत्ता लागेको थियो। यसको आधारमा २००२ देखि २००९ सम्मको बीचमा  आएको परिवर्तनको जुन आँकलन गरिएको थियो त्यसलाई तथ्यांकले पुष्टि गरेको छ। यसको आधारमा 'भोल्युम' तथा 'मास'मा आएको बदलाव हिसाब गरिएको छ।

अध्ययनमा चिन्ताजनक कुरा पनि अगाडि आएको छ कि यस २० वर्षमा ग्लेसियर्सको बरफको २६७ गिगाटन हिस्सा हरेक साल पग्लिरहेको छ। विश्वको समुद्रको स्तरमा यस दौरान जो बढोत्तरी भएको छ त्यसको २१ प्रतिशत भाग यही नै हो।

यो बीस वर्षमा केवल दुई क्षेत्रमा मात्र बरफ पग्लन गति धीमा देखिएको छ।अन्य सात क्षेत्रमा भने हिउँ पग्लने प्रतिशत ८३ रहेको छ।

Logo