भारतमा पछिल्लो दिन कोरोनाबाट संक्रमण हुनेको संख्या चार लाख नाघेको छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने यो संख्या दिनानु दिन बढिरहेको छ।
यस्तैमा महामारी वैज्ञानिकले मेको दोस्रो हप्तामा प्रत्येक दिन ८-९ लाखसम्म संक्रमित थपिने दाबी गरेका छन्।
अमेरिकाको मिशिगन युनिभर्सिटीका महामारी वैज्ञानिक डा. भ्रमर मुखर्जीले यस्तो अनुमान गरेका हुन्। उनले पछिल्लो तथ्यांकको आधारमा भविष्यवाणी गर्ने गर्छन्। हालसम्म उनको भविष्यवाणी फेल नखाएको बताइन्छ। उनी गत मार्चदेखि नै भारतमा संक्रमित संख्याको तथ्यांक अनुसन्धान गरिरहेका छन्।
उनले मे महिनामा कम्तीमा ८ देखि ९ लामसम्म संक्रमित थपिने अनुमान लगाएका हुन्। यो संख्या अझ बढ्नसक्ने उनको आँकलन छ।
बीबीसी हिन्दीले भारतको अवस्थाबारे डा. मुखर्जीसँग गरेको कुराकानीमा यस्तो बयान सार्वजनिक भएको हो। 'तपाइँले गहिरिएर हेर्ने हो भने त्यस्ता धेरै केसहरु छन्, जसको गिन्तीसमेत हुन सकेको छैन। त्यही भएर पनि अनुमान लगाउन सकिन्छ कुन हदसम्मको संक्रमण फैलिरहेको छ,' मुखर्जीले भनेका छन्। उनले आफूले कोरोना महामारीबारे ३८० दिनदेखि अनुसन्धानमा लागेको दाबी गरे।





























प्रतिक्रिया