६० प्रतिशतले खोप लगाए पनि सेस्यल्समा किन कोभिड नियन्त्रणमा आएन?

६० प्रतिशतले खोप लगाए पनि सेस्यल्समा किन कोभिड नियन्त्रणमा आएन?

केन्द्रबिन्दु
0
Shares

सबैभन्दा बढी कोरोनाविरुद्ध खोप प्रयोग गरेको सेस्यल्समा कोरोना भाइरसको फैलावट तीव्र रहेको छ।

अरु मुलुकमा कोरोनाविरुद्धको खोप अभाव खड्किरहे पनि आफ्नो मुलुकमा खोप भित्र्याउन तल्लिन भएर लागिरहेकोसमुद्री टापु मुलुक सेस्यल्समा ६१.४ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। तर, कोरोना भाइरसको दोस्रो तरंगको संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन।

पछिल्लो महिनादेखि हिन्दमहासागर द्वीपमा कोरोना संक्रमित व्यापक बढेकाले त्यस इलाकामा आउने सबै सेस्यल्सका मानिसलाई अधिकारीले प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

त्यसो त अहिले पनि उक्त मुलुकमा सक्रिय संक्रमितको संख्या २७ सयभन्दा बढी छ।
अर्को रोचक कुरा  के छ भने सक्रिय संक्रमितमध्ये ३३ प्रतिशत मानिसले दुबै चरणको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सेस्यल्सको यो अवस्थापछि  खोपको जोहो गर्न आतुर अन्य मुलुकलाई समेत संशय पैदा गरिदिएको छ। सेस्यल्सका ६१ प्रतिशतभन्दा बढी नागरिक खोपको दायरामा आइसकेका छन्, त्यो देशमै यो अवस्था कसरी आयो भन्ने प्रश्न उठ्न थालेको छ।

विज्ञ तथा स्वास्थ्य क्षेत्रका जानकार भने खोपले काम नगरेको तर्क राख्ने गरेका छन्। त्यस्तै पूर्ण रुपमा खोप लगाए पनि संक्रमणको जोखिम समाप्त नहुने उनीहरुले बताउने गरेका छन्।

सेस्यल्सको अहिलेको अवस्था?

त्यसो त केही महिनाअघि जब सेस्यल्सले  संक्रमण नियन्त्रणमा लिने लक्ष्यसहित सबै क्षेत्र पूर्ण रुपमा खुकुलो पार्यो। लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्यो । 

पर्यटक केन्द्रित मुलुक भएका कारण केही मात्रामा संक्रमित देखिरहे पनि खोप अभियान सञ्चालन गरिरहेको हुँदा आगामी चुनौतीको बारेमा कुनै हेक्का भएन। 

पर्यटकहरुलाई  बिना क्वारेन्टिन मुलुकभित्र प्रवेश गर्न दिइयो। पर्यटन नै मुलुकको आर्थिक आर्जनको प्रमुख स्रोत र ३० प्रतिशत जनताको रोजगारी क्षेत्र भएकाले सरकारले त्यसमा कुनै रोक लगाएन।

त्यस बेला संक्रमित ३ हजार ८ सय र १६ जनाको मृत्यु भएको थियो। तर, त्यसको एक महिना नपुग्दै  अहिले संक्रमित ९ हजार माथि र ३२ जनाको मृत्यु भइसकेको छ, जुन उच्च जोखिमको संकेत हो।

त्यसो त त्यहाँका विज्ञहरु नै कसरी संक्रमण फैलिरहेको छ भनेर अनुसन्धान गरिरहेका छन्। तथापि, कुनै त्यस्तो तथ्य भने फेला परेको छैन्। उनीहरुले भ्याक्सिन प्रभावकारी नरहेको तर्क राखेका छन्।

तर, पर्यटन र परराष्ट्र मन्त्रालयले भने संक्रमण अझै फैलिए पनि खोप लगाएका मानिसलाई असर नगर्ने बताएका छन्। 

कन्ट्रयाक ट्रेसिङ र परीक्षणलाई प्रभावकारी पारे संक्रमित पहिचान हुने र सरकार त्यसमा केन्द्रित रहेको पनि उनीहरुको निष्कर्ष छ।

त्यसो त सेस्यल्सले चीनमा बनेको सिनोर्फम र भारतमा बनेको कोभिसिल्ड खोप प्रयोग गरेको थियो। खोप लगाएकामध्ये ५७ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका नागरिकले सिनोफर्म र बाँकी ४३ प्रतिशत ६० वर्षभन्दा माथिका नागरिकले चाहिँ कोभिसिल्ड खोप  लगाएका थिए।

तर, यस हप्ता कूल संक्रमण पहिचान गरिएमध्ये पूर्ण खोप लाएका  ३७ प्रतिशतलाई संक्रमण देखिएको छ।

तथापि, सरकारले कुन खोप लगाएका संक्रमित भएका हुन् भन्ने खुलाएको छैन। खोप लगाएका मध्ये पनि २० प्रतिशत संक्रमितलाई अस्पताल लगिएको छ। तर, सरकारले खोप लगाएकाहरु कोही पनि जटिल अवस्थामा नरहेका बताएको छ।

के भन्छन् विज्ञहरु ?
खोप लगाएकाहरुले अहिले अन्यलाई खोप नलगाउन सुझाउन थालेका छन्। खोप लगाएकाहरुले खोपले काम नगर्ने तर्क गर्दै आएका छन्। 

विज्ञहरुले विश्व स्वास्थ्य संगठनले यसको अनुमति दिए पनि कोरोनाविरुद्ध शतप्रतिशत प्रभावकारी नरहेको पनि बताएका छन्। उनीहरु भन्छन्–कोभिसिल्ड ७६ र सिनोर्फम ७९ प्रतिशत मात्र प्रभावकारी रहेको छ।

यता अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रम संयोजक डा.रिचार्ड मेहिजो भन्छन्– सेस्यल्सको संक्रमणको तथ्यांक र प्रमाण हेर्दा खोपले प्रभावकारी काम गरेको र संक्रमित अस्पताल जाने र मृत्युदर पनि घटेको बताए।

यता, स्ट्यान्डफोर्ड विश्वविद्यालयका सहप्राध्यापक माइकल जे लिनले भने खोपको प्रभावकारिताको कुरा गर्दा खोप लगाएकामध्ये २० प्रतिशत भने अझै अतिसंवेदनशील रहने तर्क राखेका छन्। तर, खोप नलगाएका मानिसभन्दा खोप लगाएका मानिस हत्तपत्त अस्पताल जानु नपर्ने उनको भनाइ छ। 
(खोपको प्रभावकारीतासम्बन्धी यो लेख केन्द्रबिन्दुकर्मी विकास आचार्यले सिएनएनबाट अनुवाद गरेका हुन्)

Skip This
Skip This
Logo