चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

केन्द्रबिन्दु
0
Shares

चीनमा मङ्गलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । 

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तीब्र बनाइएको छ । 
दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ ।

यी दिनहरूमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ । 
विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ । 
कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । 

Skip This
Skip This
Logo