ट्रम्पका कान्छो छोरालाई पनि भएको थियो कोरोना सङ्क्रमण

ट्रम्पका कान्छो छोरालाई पनि भएको थियो कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छिन्।

एक व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको थियो। तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।

राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोना भाइरस सङ्क्रमण भएको थियो । ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो। तर अहिले ट्रम्प र मेलानिया दुवै निको भइसके।वीवीसी

Skip This
Skip This
Logo