ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

केन्द्रबिन्दु
0
Shares

औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ। खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ । 

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो। 

कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ। कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पहिलो त्रैमासिक अवधिमा १.६ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि कोभिड–१९ सुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले बृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ। 

यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो। 

Logo