जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।
जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २.८ प्रतिशत कम हो । गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।
सिएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।































प्रतिक्रिया