रोचक : चार फिट अग्लो मुसा भेटिएपछि मेक्सिकोमा भागदौड !

रोचक : चार फिट अग्लो मुसा भेटिएपछि मेक्सिकोमा भागदौड !

केन्द्रबिन्दु
0
Shares

मेक्सिको ।

मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि मानिसहरुमा भागदौड मच्चिएको छ । गत शुक्रबारको भारी वर्षापछि मेकिसको सिटिको एक नालीमा निकै डरलाग्दो मुसा भेटिएको थियो । नाली सफा गर्दै गरेका कामदारहरूले नालामा डुबेको एक ठूलो मुसो देखे ।

पहिलो पटक मुसा देख्दा डराएका कामदारहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे । जसमा कामदारहरुले पत्ता लगाए कि त्यो मुसो वास्तवमा नक्कली थियो जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो । इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दावी गर्दे वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको बताइन् । उनले भनिन्, नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन ।

नालामा फेला परेको मुसा यति वास्तविक देखिन्थ्यो कि पहिलो पटक मानिसहरूले देख्दा भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनः प्रयोग गर्न सुझाव दिएका थिए ।एजेन्सी

Skip This
Skip This
Logo