ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी) बाट सम्बोधन गरे ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनबाट कोरोना भाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरोना भाइरसका लक्षणहरु नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताए ।

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोराना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंग्य गर्दै आएका छन् ।

ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन् । तर उनका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचार पछि उनी गत सोमबार ह्वाइट हाउस फर्किएका थिए ।

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका छन्, राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।

राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नेछन् ।

ह्वाइट हाउसको सम्बोधनमा उनी निकै आत्मबलका साथ बोलेका थिए । उनले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि “समाजवादी” र “वामपन्थी” एजेन्डा बोकेको आरोप लगाएका थिए । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी गरेका थिए ।रासस

Skip This
Skip This
Logo