पेरूमा बस दुर्घटना, २७ जनाको मृत्यु

पेरूमा बस दुर्घटना, २७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। 

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ। 

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरि नजिकैको नास्काको अस्पताल लगिएको छ। पेरुको प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। 

Skip This
Skip This
Logo