भारतमा गत २४ घण्टामा ३७ हजार ५६६ मात्र कोरोना सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा ३७ हजार ५६६ मात्र कोरोना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  मङ्गलबार जनाएको छ। 

भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सबैभन्दा कम हो।  चालीस  हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो। भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ। करिब ७० दिनपछि भारतमा गत दई दिन यतादेखि एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन्। गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ।

हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा कोरोना सुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन्। यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ।

यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोनाविरुद्धको खोप लागाइएको छ।

Skip This
Skip This
Logo