भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।
मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिला छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।
नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर भएका छन् । क्याबिनेटमा अधिकांश युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।
मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् ।































प्रतिक्रिया