जापानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु हुँदा २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् ।
भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हुँदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।
यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभूति प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।





























प्रतिक्रिया