युरोकपको उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु

युरोकपको उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु


इटालीको रोममा युरोकपको उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु भएको छ। कयौं घाइते भएका छन्। आइतबार इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो।

प्रहरीका अनुसार सिसिली क्याल्लटागिरोनमा एक कार दुर्घटनामा २२ वर्षिया एक जनाको मृत्यु भएको छ । उनी विजय उत्सवमा सहभागी हुन टाउन सेन्टर गइरहेका थिए । इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाइते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ। एक जनाको अतिशबाजीको क्रममा तीन औंला गुमेको छ।

इटालीले लण्डनमा सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि उचालेको थियो। पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ ले हराउँदै इटाली च्याम्पियन बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।

Logo