किन मारिए हाइटीका राष्ट्रपति जोभेनेल मोएज?

किन मारिए हाइटीका राष्ट्रपति जोभेनेल मोएज?

केन्द्रबिन्दु
0
Shares

जुलाई ७ हाइटीका राष्ट्रपति जोभेनेल मोएजको हत्या भएयता हाइटीमा एक किसिमको राजनीतिक अस्थिरता सिर्जना भएको छ। राजधानी पोर्ट–आउ–प्रिन्स स्थित निजी निवासमा उनीमाथि भएको आक्रमणमा उनकी पत्नी मार्टिनी मोएज पनि घाइते भएकी थिइन्। 

व्यापारी, पूर्वअधिकारी, सैनिक, पास्टर र आफूलाई डाक्टर बताउने व्यक्ति गरी ३० जनाभन्दा बढी हत्यामा संलग्न रहेको अनुमान हाइटि प्रहरीको छ। 

१२ वटा हाइ–क्लालिबर गोली प्रहार गरेर जोभेनेलको हत्या गरिएको थियो। आर्थिक संकट चलिरहेको बेला लोकप्रियता गुमाउँदै गएको अवस्थामा उनीलाई राष्ट्रपति पदबाट हटाउने योजना हत्याको रूपमा परीणत भएको हुन सक्ने अनुसन्धानले देखाएको छ। सरकार भ्रष्टाचारमा संलग्न भएको र फेब्रुअरीमा कार्यकाल सकिएपछि पनि पद त्याग नगरेको भन्दै यसै वर्षको सुरुवाततिर हिंसात्मक आन्दोलको सुरुवात भएको थियो। 

मोएज सन् २०१६ मा निर्वाचित भए पनि एक वर्षसम्म सत्तारोहण हुन दिइएन। त्यसैकारण थप एक वर्ष शासनमा रहन पाउनु पर्ने उनको धारणा थियो। 

मोएज हाइटीको संविधान संशोधन गरेर राष्ट्रपतिले दोस्रो कार्यकालका लागि पनि चुनाव लड्न पाउने र सैनिकमाथि राष्ट्रपतीय नियन्त्रण बढाउन चाहन्थे। सेप्टेम्बरका लागि राष्ट्रपतीय चुनाव तय भएको थियो। 

राष्ट्रपति मोएजले असहमति जनाउनेलाई दबाउन र नियन्त्रण कायम राख्न दुई अपराधी ग्यांगहरूको सहारा लिएको पनि मानिएको थियो। 

हाइटी प्रहरीले १८ कोलम्बियन र २ हाइटियन–अमेरिकनलाई हत्याको आशंकामा पक्राउ गरेको छ। तीमध्ये ११ जना व्यक्तिलाई पोर्ट–आउ–प्रिन्सस्थित ताइवानको राजदूतावासबाट पक्राउ गरिएको थियो, जहाँ उनीहरू राष्ट्रपतिलाई आक्रमण गरेपछि छिरेका थिए। 

Skip This
Skip This
Logo