बाढीको कारण मुम्बईमा २५ जनाको मृत्यु

बाढीको कारण मुम्बईमा २५ जनाको मृत्यु


भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । 

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ ।  बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो । 

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । 

Logo