विश्वभर लगाइयो तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार डोज खोप

विश्वभर लगाइयो तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार डोज खोप

केन्द्रबिन्दु
0
Shares

विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।  

चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार  डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

यस्तै अमेरिकामा  ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। 

जापान ७ करोड ७७ लाख २६ हजार ९२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। इटाली  ६ करोड  ५८ लाख ८७ हजार ९५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

Skip This
Skip This
Logo