अमेरिकाकाे अलास्कामा ८.१ म्याग्नीच्युडकाे शक्तिशाली भूकम्प

अमेरिकाकाे अलास्कामा ८.१ म्याग्नीच्युडकाे शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ। 

स्थानीय समय अनुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। 

Skip This
Skip This
Logo