यौनहिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरद्वारा राजीनामा

यौनहिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

महिलाहरूलाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन् ।

विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो ।

न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गरेको गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको पाँच महिने लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । जबर्जस्त चुम्बन गरेको र गोप्य अंगहरुमा इच्छाबिपरित हात लगाएका विभिन्न आरोपको छानबिनले पुष्टि गरेको थियोे ।

राजीनामा दिँदै कुमोले आफुले गर्ने सबैभन्दा उत्तम छनौट राजीनामा भएको बताएको बिबिसीले जनाएकाे छ । 

Logo