१२ किलोमिटर प्रतिघण्टाको गतिमा गाडी हाँक्नु कत्तिको छिटो हो? ४० किलोमिटर प्रतिघण्टाको गति फितलो मानिने समयमा यो एकदमै न्यून गति हो।
तर, पहिलोपटक ‘ओभरस्पिडिङ’ (नियमभन्दा बढी गति) का लागि कारवाहीमा पर्ने व्यक्ति १२ किलोमिटर प्रतिघण्टा (८ माइल प्रतिघण्टा) को रफ्तारमा गाडी चलाउँदै थिए।
सन् १८९६ जनवरी २८ मा बेलायतका वाल्टर आरनोल्डको नाम सबैभन्दा कम गतिमा गाडी चलाउँदा कारवाहीमा पर्ने व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा दर्ज छ। उनी १९ औँ शताब्दीको नियमले सुझाएभन्दा ४ गुणा बढी गतिमा गाडी चलाइरहेका थिए। त्यसबेलाको अधिकतम कानुनी गति २ माइल प्रतिघण्टा थियो।
उनलाई पुर्जा काट्ने प्रहरीले साइकल चढेर उनको पिछा गरेका थिए।































प्रतिक्रिया