क्यारेबियन राष्ट्र हाइटीमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएको समाचारहरुमा उल्लेख छ।
अमेरिकी भूकम्प मापन केन्द्र (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ। भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवन तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन्।
भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।































प्रतिक्रिया