अफगान महिलाले उद्धारमा प्रयोग भएको अमेरिकी जहाजमा छोरी जन्माइन्

अफगान महिलाले उद्धारमा प्रयोग भएको अमेरिकी जहाजमा छोरी जन्माइन्

केन्द्रबिन्दु
0
Shares

तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि उद्धारका लागि प्रयोग भएको अमेरिकी हवाइजहाजमा बच्चा जन्माएकी छिन्। काबुलबाट उद्धार गरिएका मानिसहरू बोकेर उडेको जहाज शनिबार जर्मनीस्थित रामस्टिन एयर बेसमा अवतरण भए लगतै ती महिलाले छोरी जन्माएकी हुन्। 

जहाज २८ हजार फिटभन्दा माथिको उचाइमा हुँदै प्लेनभित्रको न्यून हवाई चापका कारण ती महिलालाई व्यथाले च्यापेको अमेरिकी वायुसेनाले जनाएको छ। 

‘जहाजभित्रको हवाई चाप बढाउन पाइलटले जहाजलाई कम उचाइमा झारेका थिए, जसका कारण आमा र बच्चाको ज्यान जोगियो,’ अमेरिकाको एयर मोबिलिटी कमान्डले आफ्नो आधिकारिक ट्वीटर खाताबाट ट्वीट गरेको छ। 

जहाज अवतरण गरेसँगै अमेरिकी वायुसेनाको मेडिकल समूहको सहयोगमा जहाजको कार्गो पोर्टमा महिलाले बच्चालाई जन्म दिएकी हुन्। त्यसपछि आमा र छोरी दुवैलाई नजिकैको स्वास्थ्य केन्द्र लगियो जहाँ उनीहरू सुरक्षित छन्। 
(सिएनएनको सहयोगमा, फोटो सौजन्यः रोयटर्स)   

Logo