काबुल विमानस्थलबाहिर बम विस्फोट

काबुल विमानस्थलबाहिर बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ ।

विस्फोटबाट केही मानिसहरु घाइते भएका छन् । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएको क्षतिबारे विस्तृत जानकारी आइनसकेको बताए । 

ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा कोही पनि बेलायती सैनिक परेको खबर आफूहरूले नपाएको बिबिसीले जनाएको छ ।

हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोट भएको हो ।

पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका थिए ।

उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ ।

योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ ।

Skip This
Skip This
Logo