पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

पपुवा न्यूगिनी ।

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

स्थानीय समय अनुसार बिहीबार दिउसो ४ः४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।

Logo