उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागीः १४ जनाको मृत्यु, थुप्रै घाइते

उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागीः १४ जनाको मृत्यु, थुप्रै घाइते

केन्द्रबिन्दु
0
Shares

उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ।कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो।

स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन्।

अग्नि नियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिए पनि घटनामा १४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताए। 

उनले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन्।  

घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेको बताउँदै एक स्थानीयले भने, “सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। मृतक तथा घाइतेका आफन्तजनले घटनाको शीघ्र छानबीन गरि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

Logo