इन्डोनेसियाको जेलमा आगलागी: ४४ को मृत्यु

इन्डोनेसियाको जेलमा आगलागी: ४४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ ।

इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।

बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ ।

अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ ।

सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ ।

आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । रासस \एएफपी

Logo