अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ। विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए।
केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने बारेमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एउटा आणविक सम्झौता भएको थियो। अकस नाम दिइएको सो सम्झौतापछि फ्रान्स तीन ओटै देशसँग क्रुद्ध छ।
यसअघि अस्ट्रेलियाले पनडुब्बी निर्माणका लागि फ्रान्ससँग अर्बौं डलरको सम्झौता गरेको थियो। तर, पूर्ववत सम्झौतालाई बेवास्ता गरेर उसले अमेरिका र वेलायतसँग नयाँ सम्झौता गरेपछि फ्रान्स अन्य देशसँग रिसाएको हो।
अमेरिका र वेलायतसँग सम्झौता गर्नुभन्दा केही घन्टाअघि मात्र अस्ट्रेलियाले पेरिससँगको सम्झौताबाट हात झिकेको घोषणा गरेको थियो।
दक्षिण चीन सागरमा बेइजिङको प्रभाव रोक्न तीन देशबीच सो सम्झौता भएको थियो।
विदेशमन्त्री ड्रायनले तीन देशको पछिल्लो कदमले गम्भिर संकट निम्त्याएको बताए। यसअघि विवाद बढेपछि फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना दूत फिर्ता बोलाएको थियो। अवस्था पुर्नमुल्यांकन गर्न आफ्ना दूतहरु फिर्ता गरेको उनले बताए। वेलायत ‘निरन्तर अवसरवादी ’ भएकोले त्यहाँबाट आफ्ना दूत फर्काइरहन आवश्यक नरहेको उनले बताए।एजेन्सी/न्युज कारखाना





























प्रतिक्रिया